काठमाडौं, भदाै २७
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ ।
शनिबार बसेको समितिको समिक्षा बैठकले संविधान प्रदत्त अधिकारका विरुद्धमा सर्वोच्चले गैरन्यायिक फैसला गरेको निष्कर्ष निकाल्दै दुई दिने आन्दोलनका कार्यक्रम घोषण गरेको हो ।
समितिले यही भदौ ३१ गते मसाल जुलुस प्रदर्शन गर्ने छ । त्यस्तै आगामी असोज ३ गते संविधान दिवसका दिन माइतीघर मण्डलमा विशाल विरोध प्रदर्शन गर्ने समितिले जनाएको छ ।