काठमाडौं, भदाै २४
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् ।
असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति आएपछि अध्यक्ष पोखरेलको राजीनामा आएको स्रोतको दाबी छ ।
पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियोे । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।