प्रिय कालापानी,प्रिय लिम्पियाधुरा म त्यही माटोमा घुमिरहेछु
यो नेपाली माटो हो म स्पष्ट गर्छु
यो देश जोगाउन निरन्तर लागिरहेको छु
मेरो मुटुको टुक्रा मेरो देशको सुरक्षामा खटिएको छु
म सिपाही हु निरन्तर आफ्नो यात्रामा छु
कालापानी किन रुदै छ बुझ्न खोजेको छु
यता कालापानी रुन्छ उता सुस्ता पनि रोईरहे छ
मनमा चिन्ता धेरै छ यो देशको मुहारमा खुसी कसरी आउँछ
नेपाली मन हो विश्व साराले चिन्नसक्नु पर्छ
बुद्धका नयनले देशलाई हेर्नुपर्छ
पुर्खाहरुको श्रम र त्याग हामीले चिन्नुपर्छ
अब नेपाली जनहरु सबै एक हुनुपर्छ
हाम्रा इतिहासका पानाहरु सबैले पढनुपर्छ
पुर्खाहरुका बलिदानका कथाहरु पढन सक्नुपर्छ
माटोको ममता हामी सबैमा हुनुपर्छ
अब काली नदिको पानी खाएर लडाइ लडनु छ
यो देश सधै रहिरहोस मेरो प्राथना छ
सबै जनमा चेतनाको विकास हुनुपर्छ
– गोबिन्द राज ओझा (राजन)