काठमाडौं, भदाै २१
सर्बोच्च अदालतले २०८०/९/३ मा गरेको गैर न्यायिक नदी, सडक मापदण्डको बागमती नदीमा ४० मिटर र नगरउन्मुख नदीहरुमा पहिले कथित मापदण्ड २० मिटर थप मिति २०८०/९/३ नगर उन्मुख खोलाहरु नगर उन्मुख गा.वि.स.हरुमा भवन निर्माण गर्दा थप २० मिटरको मापदण्ड छोड्नु पर्ने तोकेको सर्बोच्चको गैर न्यायिक निर्णय बिरुद्धको विरोधको क्रममा मध्यपुर नगरपालिकाको निकोसेराको ढुङ्गेधारा चोकबाट बानर सहित बिरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले जथाभावी निर्णय गर्ने भ्रष्ट न्यायाधिस मुर्दावाद, गरिब जनतामारा सरकार चाहिदैन, गरिब जनता मार्न पाइदैन, जनताको सम्पत्ति लुट्न पाइदैन भन्दै नारावाजी गरेका छन् ।
बिरोधमा उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिका संयोजक सुमन सायमीले लगायत मध्यपुर नगरका हनुमन्ते र मनहरा नदि र सडक पिडितहरु सहभागी भएको थिए । प्रदर्शनकारी मध्यपुर नगरपालिका पुगेर मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
मध्यपुर नगरपालिका मेयर सुरेन्द्र श्रेष्ठले पिडितहरुको मागको विषयमा पिडितहरुको पक्षमा रहेर समस्या समाधान गर्न आउदो भाद्र २५ गते मेयर फोरमको बैठकमा राख्ने र समस्या समाधानमा हातेमालो गरेर जाने प्रतिबद्धता जनाए । उपमेयर विजय श्रेष्ठले सर्बोच्चको गैर न्यायिक नदी, सडक पिडितको विषयमा पूर्व अर्थमन्त्री वर्षमान पुनसंग कुरा गरेको र पिडितहरुको संघर्षको कार्यक्रममा संगसंगै संघर्षमा उत्रने जानकारी गराए ।