neapl investment mega bank
  • गृहपृष्ठ
  • सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्र

सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्र

Sep 6th, 2024

काठमाडौं, भदाै २१

काठमाडौं महानगरपालिकाले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ ।

पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो ।

महानगरका अनुसार काठमाडौं महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ । सोही नियम अनुसार संस्थामा जम्मा गरेको बचत रकम सदस्यले मागेका वखत व्याजसहित तुरुन्त फिर्ता दिनु पर्ने व्यवस्था छ ।