neapl investment mega bank neapl investment mega bank

कविता: तिमी साथमा हुँदा…

Sep 5th, 2024

तिमी साथमा हुँदा म धेरै नै खुसी छु
तिम्रो काखमा निदाउदा सारा दुस्ख भुल्छु
तिमी त्यो मान्छे हौ जो मेरो मुटुमा बसेको छौ
मेरो मनमा बस्नलाई ठाउँ पाएकि छौ

कति माया गर्छु मैले तिमिले महसुस गर्न सक्छौ
माया गरेको मान्छे हौ सम्झनामा आउछौ
तिमिले सधै साथ देउ सधैभरिको लागि खुसी दिउला
अब हामी दुबै साथै साथमा जिउला

दिलबाट माया गर्छु दिलबाट साथ निभाउनेछु
बाचुन्जेल सम्म मेरो चाहनामा राख्नेछु
मन त छ नि सधै माया गर्ने हात समाएर हिडने
कति माया गर्छु मैले कुनै बेला छौ तिमिले सम्झने


गाेविन्द राज ओझा राजन