neapl investment mega bank neapl investment mega bank

दीपक मनाङेले दिए राजीनामा

Sep 2nd, 2024

काठमाडौं, भदाै १७

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् ।

मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गुरुङले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई राजीनामा पठाएको बताइएको छ ।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रहेका मनाङेलाई परिवर्तन गरी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, जुनियरलाई दिने मन्त्रालय भन्दै उनले मुख्यमन्त्रीसँग असन्तुष्टि जनाएका थिए । आज एमालेका मन्त्रीहरूको शपथ समारोहबाट उनी बाहिर निस्किएका थिए ।