रहर थियो मेरो तिमी सँगै दार्जीलिङ घुम्ने
तिम्रो पनि रहर होला सँगै घुम्ने
तिमी हुँदा लाग्छ मलाई खुसीको बर्षा भयो
एकपल टाढा हुदा मन धेरै रोयो
मेरो मायालाई तिमिले महसुस गर
तिमी सँग जोडिएको छ यो जिन्दगी समाल्ने गर
मेरो चाहनामा तिमी छौ दिलभित्र गहिरिएर हेर
तिम्रा हर पाइलाहरुमा महसुस गर
रुप तिम्रो छ सुन्दर आँखा वरिपरि घुम्छ
मन मिल्ने मायालु मनमा धेरै कुरा छ
– गोबिन्द राज ओझा (राजन)