काठमाडौं, भदौ १५
नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको छ ।
एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् । क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोली नाम र संख्या टुंगो लगाएको थियो ।