neapl investment mega bank
  • गृहपृष्ठ
  • टाटा मोटर्सको टाटाको ‘उत्साह, उमंगको दशैं’ योजना सार्वजनिक

टाटा मोटर्सको टाटाको ‘उत्साह, उमंगको दशैं’ योजना सार्वजनिक

Aug 30th, 2024

काठमाडौं, भदाै १४

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्राहकले टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एक रोजेर लिन सक्नेछन् ।

होमप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टिभी, माइक्रोवेभ छन् भने ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिनेछ ।

यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, ब्यांकक, मलेसिया, दुबई वा युरोप रहेका छन् । साथै,बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिअह्कल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार  सिप्रदी आफ्ना ग्राहकको उत्साह बढाइराख्न र उनीहरुको व्यवसायमा सकारात्मक भूमिका निर्वाह गर्न हरेक वर्षझैँ यो वर्ष पनि अफर ल्याएको बताए ।