neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना

श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना

Aug 29th, 2024

काठमाडौं, भदाै १३

काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो। प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको झाको भनाइ छ। 

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ।