neapl investment mega bank
  • गृहपृष्ठ
  • देशभरका सहकारीलाई श्वेतपत्र जारी गर्न विभागकाे निर्देशन

देशभरका सहकारीलाई श्वेतपत्र जारी गर्न विभागकाे निर्देशन

Aug 29th, 2024

काठमाडौं, भदाै १३
देशभरका सहकारी संस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिइएको छ । सहकारी विभागले सहकारी संघसंस्थाका लागि निर्देशन जारी गर्दै श्वेतपत्र तयार गर्न भनेको छ ।

विभागले सदस्यहरुको विश्वास र पारदर्शिताबाट मात्र सहकारीको प्रभावकारिता र दिगोपन कायम रहने उल्लेख गर्दै अनिवार्य रुपमा श्वेतपत्र तयार गरी सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

‘सबै सहकारी संघसंस्थाहरुले अनिवार्य रुपमा तोकिएको ढाँचाबमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यसमक्ष सहज रुपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुहुन र नियामक निकायले माग गरेको बखत उपलब्ध गराउने व्यवस्था गर्नु गराउनुहुन सहकारी नियमावली, २०७५ को नियम ७६ बमोजिम यो निर्देशन जारी गरिएको छ,’ विभागले भनेको छ ।

सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले पनि श्वेत पत्र जारी गर्नुपर्ने सुझाव सरकारलाई दिएको थियो । सोही सुझाव कार्यान्वयनका लागि विभागले सबै सहकारीलाई श्वेतपत्र जारी गर्न भनेको हो ।