काठमाडौं, भदाै १२
मिर्गौला तस्करी गरेको आरोपमा मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान छन् ।
एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन सकिने प्रलोभनमा पारेर उनीहरूले पीडितलाई भारतको कलकत्तामा पु¥याएर मिर्गौला तस्करी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रका अनुसार उनीहरुले मिर्गौला दिँदा ‘धर्म हुन्छ’ भनेर समेत प्रलोभनमा पारेका हुन् ।
पीडितको नागरिकता समेत नक्कली बनाएर उनीहरुले काठमाडौँबाट वीरगन्ज हुँदै सुमोमा चढाएर कलकत्तामा पु¥याएर तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।