neapl investment mega bank
  • गृहपृष्ठ
  • मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

Aug 27th, 2024

काठमाडौं, भदाै ११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको हो ।

गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाउँदै साधारण सदस्यबाट समेत हटाएको हो ।