काठमाडौं, भदाै ६
२० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह ‘ए’ काे विजेता बनेकाे छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे ।
याे जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जाेडेकाे छ । बङ्गलादेशकाे २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । याे समूहकाे श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहाेर्दै समूह चरणबाटै बाहिरिइसकेकाे छ ।
प्रतियाेगितामा समूह चरणकाे अन्तिम खेलमा भाेलि समूह ‘बी’ का भारत र माल्दिभ्स खेल्दैछन् ।