काठमाडौं, भदाै ५
भारतको कोलकत्तामा बलात्कारपछि हत्या गरिएकी डाक्टरको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने भएकाे छ ।
डा. मोमिता देवनाथमाथि भएको सामूहिक बलात्कारकोविरुद्धमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले भोलि साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरी शान्तिपूर्ण विरोध गर्ने भएको छ ।
पश्चिम बङ्गालको राजधानी पूर्वी सहर कोलकातामा अगस्ट ९ मा ३१ वर्षीया प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो।
हत्यापछि भारतका चिकित्सकहरू हड्तालमा उत्रिएका छन्। उनीहरुले सहकर्मी डाक्टरको न्यायको माग गरेका छन्।
अत: मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्था तथा मानव अधिकारको पक्षमा वकालत गर्ने सम्पूर्णलाई माइतीघर मण्डलामा भेलाभई यस घडीमा ऐक्बद्धता जनाउनसमेत अनुरोध गरेको छ ।