ललितपुर, भदाै ३
ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा विशेष मेला लाग्दैछ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रात अर्थात् श्रावण शुक्ल चतुर्दशीमा कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेको छ ।
जनै पूर्णिमाको अघिल्लो रात आज साँझ पनि कुम्भेश्वर मन्दिरमा मेला लाग्ने भएको हो । हिन्दूसहितका धर्मावलम्बीहरू अहिले कुम्भेश्वरमा जम्मा भएर स्नान र पूजा गरिरहेका छन् ।
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व सोमबार देशभर हिन्दू धर्मावलम्बीले मनाउँदैछन् ।
प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ ।
आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ ।