neapl investment mega bank

घट्याे साल्ट ट्रेडिङको नाफा

Aug 18th, 2024

काठमाडौं, भदाै २

साल्ट ट्रेडिङ कर्पोरेसनको आम्दानी बढ्दा पनि नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ७ करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी भने ५२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ७८ करोड रहेकोमा गत आर्थिक वर्ष १३ अर्ब ३५ करोड पुगेको छ ।

आम्दानी बढ्दा पनि नाफा घट्नुमा खर्च बढ्नु  मुख्य कारण देखिएको छ । बिक्री लागतसँगै कर्मचारीको बोनस, ब्याज खर्च बढ्नुले कम्पनीको नाफामा असर पारेको देखिन्छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २८ रुपैयाँ २६ पैसा थियो ।