neapl investment mega bank
  • गृहपृष्ठ
  • रास्वपा सांसदले डेडिकेटेड र ट्रंक लाइनको विषय उठाउँदा सभामुखले काटे माइकको लाइन

रास्वपा सांसदले डेडिकेटेड र ट्रंक लाइनको विषय उठाउँदा सभामुखले काटे माइकको लाइन

Aug 13th, 2024

श्रावण २९ आधारभुमी संबाददाता

काठमाडौं/प्रतिनिधिसभामा डेडिकेटेड र ट्रंक लाइनको विवादको विषय उठाउँमा सभामुख देवराज घिमिरेले सांसदको बोल्ने माइकको लाइन काटेका छन् । सभामुख घिमिरेले रास्वपा सांसद हरि ढकालले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्ने विषय आकस्मिक समयमा राख्न खोज्दा लाइन काटेका हुन् ।

प्रतिनिधिसभाको मंगलबारको बैकमा नेपाल विद्युत् प्राधिकरणलाई केही उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपयोग गरेको र त्यसको महसुल नतिरेको प्रसंग सांसद ढकालले उठाउन खोजेका थिए । लगत्तै सभामुख घिमिरेले बोल्ने माइकको लाइन काटेका थिए ।

सभामुखले लाइन काटेपछि रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले भने जे कुरा राख्न खोजेको हो त्योभन्दा बाहिर गएकाले लाइन काटेको बताए । डेडिकेटेड र ट्रंक लाइनको विषय उठाउनु अनुचित भएको सभामुखको भनाइ थियो ।