काठमाडौं, साउन २८
धरान उपमहानगरका मेयर हर्क साम्पाङले खानेपानीको महसुल बढाएपछि फिर्ता लिन माग गर्दै तीन सातादेखि भइरहेको आन्दोलन स्थगित भएको छ।
महसुल वृद्धि निर्णयविरुद्ध आन्दोलन गर्दै १० राजनीतिक दलका र नगरप्रमुख साम्पाङबीच भएकाे छलफलमा महसुल वृद्धिको निर्णय फिर्तासहितका तीन बुँदे सहमति भएको हो।
मेयर साम्पाङले खानेपानी महसुल वृद्धि निर्णय फिर्ता लिने सहमतिसँगै आन्दोलन स्थगित भएको हो।
खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।