neapl investment mega bank

किम्ची फास्टफुडलाई दुई लाख जरिवाना

Aug 11th, 2024

काठमाडौं, साउन २७

पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

किम्चीको हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा महानगरपालिका ११ की वडासदस्य यशोमती परियारले सिल गरेको पिउने पानीको बोत्तलमा किरा भेटेकाे थियाे ।

उपप्रमुख सुनिता डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएकी थिइन् ।