neapl investment mega bank
  • गृहपृष्ठ
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

Aug 9th, 2024

काठमाडौं, साउन २५

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा  अर्घाखाँची जिल्ला पाणीनी गाउँपालिका वडा नं. ७ दुविचौर घर भई हाल काठमाडौंको तारकेश्वर बस्ने  २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको तारकेश्वरबाट बिहीबार पक्राउ गरेको हो ।

उनले अमेरिका पठाइदिने र मासिक २ लाख आम्दानी हुने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।