काठमाडौं, साउन २५
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा राखिएका कम्पनीहरुमा भारतको भारत कन्स्ट्रक्सन पनि छ। राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा राख्न सिफारिस गरेको हो।
सोही सिफारिसका आधारमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।