काठमाडौं, साउन २३
सरकारले डेंगु संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा डेंगु संक्रमणका बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मंगलबार भएको छलफलमा अनुसार डेंगु संक्रमणका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय भएको हो ।
नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगु संक्रमितहरु पुष्टी भैसकेका छन। जस मध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ।