neapl investment mega bank

ललितपुरमा हैजाको जाेखिम

Aug 1st, 2024

ललितपुर, साउन १७

ललितपुरमा हैजाको जोखिम बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ । काठमाडौं र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौंमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनर्स्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो । यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ ।

बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।