आधारभूमि श्रावण ८,ललितपुर ।
बागमती प्रदेशबाट सञ्चालित ललितपुरको महालक्ष्मी नगरपालिका वडा ८ मा रहेको लूभू प्राथमिक स्वास्थ्य केन्द्र आफैं विरामी परेको छ । सो केन्द्रमा विरामी जचाउन जादा घण्टौं लाइन बस्ता समेत पालो नपाएको एक विरामीले बताएका छन् ।
स्वास्थ्य केन्द्रमा विरामी बस्ने व्यवस्था समेत मिलाइएको छैन । न त्यस केन्द्रको डाक्टर, कर्मचारीले आएका विरामीलाई समेत व्यवास्ता गर्ने गरेको पाइएको छ । विरामीले सोधे उल्टै झर्को मान्ने बरु टिकटक बनाउन, फेसबुकमा व्यस्त भएका थिए । स्वास्थ्य केन्द्र भवन समेत हेर्दा पुरै फोहोर त्यसको टोइलेट पनि फोहोर पाइएको थियो ।
यस महालक्ष्मी नगरपालिकाले दुई पटक प्रदेश स्वास्थ्य मन्त्री पाउदा समेत स्वास्थ्य केन्द्रको अवस्था सुधार नहुनमा महालक्ष्मी नगरपालिका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीको कमजोरीका कारण भएको छ ।
डाक्टर, कर्मचारी काम नगरी तलब पकाउने, मेयरको मान्छे भन्दै घण्टौ लाइनमा पालो कुरेकालाई पछाडि पारी विना लाइनको विरामी छिटो जाच समेत गराउने गरेको एक विरामीले आधारभूमिलाई जानकारी गराए ।