काठमाडाैं, साउन ७
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरले जानकारी दिए।
उनका अनुसार, कोइरालालाई १ लाख ५० हजार रूपैयाँ नगद र ४ लाख ५० हजारको चेकसहित नियन्त्रणमा लिइएको हो।
औषधि आपूर्तिको भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।