neapl investment mega bank
  • गृहपृष्ठ
  • साउन ९ देखि १२ सम्म विशेष पोलियो खोप अभियान सञ्चालन हुने

साउन ९ देखि १२ सम्म विशेष पोलियो खोप अभियान सञ्चालन हुने

Jul 22nd, 2024

काठमाडौं, साउन ७

सरकारले यही साउन ९ देखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

टुकुचा र बागमतीको दोभानमा पोलियोको भाइरस पाइएपछि उपत्यकाका तीन जिल्लामा रहेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो । ती उमेर समूहका बालबालिका बढी जोखिममा हुने भएकाले उनीहरुलाई खोप दिन लागिएको उहाँको भनाई छ ।

टुकुचा र बागमतीको संगममा रहेको ढलको नमूना परीक्षण गर्दा पोलियोको व्यूत्पत्ति भएको भाइरस पाइएको उहाँको भनाई छ ।

खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत बालबालिकालाई घरघरमा गएर खोप दिने विशेष अभियान गर्न लागेको पनि उहाँले बताउनुभयो ।

अभियानमा २ लाख ८० हजार ६ बालबालिकालाई खोप दिने लक्ष्य रहेको डा. बुढाथोकीले बताउनुभयो ।