काठमाडौं, साउन १
काठमाडौं महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी पाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिएका छन् ।
जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।
महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।
यो योजना सुरुवात भएको आर्थिक वर्ष २०८०-८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका साहले बताएका छन् ।