ललितपुर, असार २८
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित नापी कार्यालयका सर्वेक्षकलाई चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले सर्वेक्षक संजिव कुमार यादव र लेखापढी व्यवसाय गर्ने रामबाबु भुजेललाई सेवाग्राहीबाट लिएको चार लाख रकमसहित बिहीबार पक्राउ गरेको जनाएको छ ।
अख्तियारले दुवैलाई घुस लिइसकेको अवस्थामा रकमसहित ललितपुर महानगरपालिका १२ हनुमानस्थान, लगनखेलमा रहेको आर.बि. सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।