neapl investment mega bank

फेरि बढ्याे अण्डाकाे मूल्य

Jul 7th, 2024

काठमाडौं, असार २३

पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ। मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारणद गरेको हो ।

असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सातरदश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो।  अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघले जनाएको छ ।

हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, सातरदश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए।