neapl investment mega bank
  • गृहपृष्ठ
  • लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

लालीगुराँस सहकारीका सीइओ सुरेन्द्र भण्डारी पक्राउ

Jun 30th, 2024

ललितपुर, असार१६

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई काठमाडौँको बालुवाटारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।

नेपाली काँग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारी सहकारीको बचत अपचलन प्रकरणपछि फरार रहेका थिए ।

लालीगुराँस सहकारी ठगीसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिको सूचीमा पनि रहेको छ ।

उक्त सहकारी सञ्चालकहरूले बचतकर्ताको ६ अर्बभन्दा बढी रुपैयाँ  अपचलन गरेको थियो ।

पुल्चोकमा मुख्य कार्यालय रहेको लालीगुराँस सहकारीको रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।