ललितपुर, असार १४
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले ‘एक युवा, पाँच बिरूवा’ अभियान सुरू गरेको छ।
शुक्रबार गोदावरीको झरूवारासीमा एमाले अध्यक्ष केपी शर्माले उक्त अभियानको उद्घाटन गरेका हुन्। राष्ट्रिय वृक्षरोपण दिवस पारेर देशका विभिन्न भागमा वृक्षरोपण भइरहेको छ।
सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे ।