neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौं महानगरले सुरु गर्‍यो लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

काठमाडौं महानगरले सुरु गर्‍यो लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

Jun 27th, 2024

काठमाडौं, असार १३

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्।

सुरुवात र प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सबै मिलेर मात्र डेंगी नियन्त्रण गर्न सकिने बताए ।

महानगरले हरेक हप्ताको बुधवार बिहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ । त्यस्ता ठाउँमा सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ ।