काठमाडौं, असार १०
काठमाडौं महानगरपालिकाले आव २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट ल्याएको छ।
सोमबार भएको नगर सभाको १५औँ अधिवेशनको तेस्रो बैठकमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले उक्त बजेट ल्याएको घोषणा गरेकी हुन्।
उनले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बताइन्।