काठमाडौं, असार ७
चलचित्र ‘दान्भी’ र ‘आचार्य’ शुक्रबारबाट प्रदर्शनमा आएका छन् । एउटा लभस्टोरीसहित एक्सनप्रधान हो भने अर्को बायोपिक । रूपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको मुख्य भूमिकामा छिन्। अभिनेत्री पूजाले पहिलोपटक एक्सन भूमिमा निभाएकी छन्।
प्रशान्त रसाइलीको निर्देशनमा बनेको ‘आचार्य’ भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म हो। फिल्ममा भक्तराजका जेठा छोरा गायक सत्यराज आचार्य मुख्य भूमिकामा छन्। उनले फिल्ममा पिताको भूमिका निभाएका छन्।
रोशन राई निर्माता रहेको यो फिल्म १३ वर्षपछि पुनः प्रदर्शन गरिएको हो।