ललितपुर, असार ५
राष्ट्रिय सहकारी महासंघले नेपालमा पहिलो पटक सहकारी रोजगार मेला २०८१ संचालन गर्ने भएको छ ।
महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै असार ७ गतेदेखि ९ गतेसम्म ललितपुरमा प्रथम सहकारी रोजगार मेला आयोजना हुने जनाएको हो । मेला संचालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ ।
मेलामा युवा तथा विद्यार्थीहरूलाई सहकारी क्षेत्रमा रोजगारीको अवसरबारे जानकारी दिई सहजीकरण गर्ने र आवश्यक जनशक्ति चाहिरहेका सहकारीहरूलाई पनि मेलाले दक्ष जनशक्ति पहिचान गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाई छ ।
स्वदेशमै युवाहरूलाई स्वरोजगार बनाउन र सहकारी क्षेत्रमा दक्ष कर्मचारीहरूलाई भित्र्याउने मेलाको प्रमुख उद्देश्य रहेको छ ।