काठमाडौं, असार २
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
पेट्रोल प्रतिलिटर १६५ कायम भएको छ भने डिजल र मट्टीतेलमा प्रतिलिटर १ सय ५२मा खरिद बिक्रि हुनेछ ।