आधारभूमि जेष्ठ २८, ललितपुर ।
जेष्ठ ३० गते सम्पन्न हुन लागेको नेकपा एमालेको महालक्ष्मी नगर कमिटिको दोश्रो अधिवेशन नजिकिदै गर्दा नगरमा उम्मेदवार बन्ने होडवाजी चलेको छ । उम्मेदवारहरुमा अध्यक्षमा महालक्ष्मी नगर कमिटी सदस्य तथा राष्ट्रिय खेलकूद महासंघ महालक्ष्मी नगर कमिटीका सहसचिव पदमा एक कार्यकाल सफलतापूर्वक जिम्मेवारी समाली सकेका सञ्चार उद्यमी बलराम वाग्ले सम्भावन बढेको देखिएको छ ।
दोश्रोमा नगर कमिटीे सचिव पदको जिम्मेवारी सम्मालेका विनोद कंडेलको सम्भावना रहेको छ । अन्य उम्मेदवारहरुमा सचिवालय सदस्य तथा मदन भण्डारी स्पोर्ट क्लबका केन्द्रिय सदस्य विपिन कार्की, एक कार्यकाल सम्मालेका हार्डवेयर व्यापारी बैकुण्ठ बुढाथोकी, नेकपा समाजवादी पार्टी त्याग गरी भर्खर मात्र नेकपा एमालेमा प्रवेश गरेका नकुल थापा, को नाम चर्चामा रहेका छन् ।
त्यसै गरी उपाध्यक्ष पदमा अनेरास्ववियु केन्द्रीय सदस्य तथा त्रिभुवन विश्व विधालयका इन्चार्ज प्रशान्त भण्डारी, महालक्ष्मी नगरपालिका उपाध्यक्ष पदमा ०७९ सालको नेकपा एमालेको उपमेयर पदमा उम्मेदवार बनेकी विना सुवेदी, महालक्ष्मी नगर सचिवालय सदस्य बालकृष्ण शिल्वाल, कृष्ण कुमार थापा, सचिवमा राष्ट्रिय खेलकूद महासंघ ललितपुर जिल्ला कमिटी कोषाध्यक्ष राजन खड्का नगर कमिटी सदस्य तथा पूर्व राष्ट्रिय युवा संघ नेपाल मनपा अध्यक्ष विकास सुवेदी, नगरकमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ललितपुर इन्चार्ज शुजित बस्नेत, भाष्कर गौतम र उपसविमा यशोदा बस्नेत महिला, माधव श्रीमाली र सदस्यमा नगर कमिटी सदस्य गोमा श्रेष्ठ, गोपाल श्रेष्ठको नाम अग्र पंक्तिमा छन् ।