काठमाडौं, जेठ २९
वाइ वाइ चाउचाउले नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।
दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप सिजीले ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको हो । सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो ।
टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको प्याकेट विशेष हुने यसका साथै, वाइ वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलनमार्फत चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरी र क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । छ