neapl investment mega bank
  • गृहपृष्ठ
  • स्क्वायर सहकारीको बचत रकम हिनाबिना, अध्यक्षसहित तीन जना पक्राउ

स्क्वायर सहकारीको बचत रकम हिनाबिना, अध्यक्षसहित तीन जना पक्राउ

Jun 10th, 2024

काठमाडौं, जेठ २८

काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम हिनाबिना गरेको आरोपमा अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको हाे ।

उनीहरूले सात करोड ४० लाखभन्दा बढी रकम हिनाबिना गरेको बताइएको छ ।