neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले गोदावरी नगर कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

एमाले गोदावरी नगर कमिटीको अध्यक्षमा घिमिरे निर्वाचित

Jun 9th, 2024

ललितपुर, जेठ २७

नेकपा एमाले गोदावरी नगर कमिटीको अध्यक्षमा विक्रम घिमिरे निर्वाचित भएका छन्।

शनिबार भएको निर्वाचनमा ब्रह्मानन्द श्रेष्ठलाई १९ मतले पराजित गर्दै घिमिरे विजयी भएका हुन्। 

घिमिरेले १२३ मत पाएर जित्दा पराजित श्रेष्ठले १ सय ४ मत मात्र प्राप्त गरे। निर्वाचनमा २३२ मत खसेको निर्वाचन समितिले जनाएको छ।

नगर कमिटिको उपाध्यक्षमा रमि प्रधानाङ्ग निर्विरोध चयन भइन। यसैगरी, सचिवमा अर्जुन सञ्जेल, उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन् । महिला उपसचिवमा कल्पना रामदाम सर्वसम्मत निर्वाचित भएकी छन्।

घिमिरेको नेतृत्वमा एमालेको गोदावरी नगरकमिटी ७३ सदस्यीय बनेको छ।