neapl investment mega bank
  • गृहपृष्ठ
  • इटहरीमा बचतकर्ताको रकम अपचलन, दुईवटा सहकारी सञ्चालक फरार

इटहरीमा बचतकर्ताको रकम अपचलन, दुईवटा सहकारी सञ्चालक फरार

Jun 9th, 2024

काठमाडौं, जेठ २७

इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुईवटा सहकारी संस्थाका सञ्चालक फरार भएका छन् ।

कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरी फरार भएका हुन् । कलश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले १५ लाखभन्दा बढी रकम अपचलन गरेर फरार भएका हुन् ।

बचतकर्ताले इटहरी उपमहानगरपालिकामा उजुरी दिएको आधारमा १० लाख र अन्य निवेदकमध्ये रकम नखुलाई दिएको आधारमा १५ लाखभन्दा बढी नै अपचलन भएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए ।

त्यसैगरी, इटहरी वडा नं. ६ मा रहेको हलेसी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ६४ लाख रुपैयाँ तिर्न बाँकी रहेको अडिटमा उल्लेख गरिएको छ। अडिटमा ९ लाख रुपैयाँ ऋण लगानी भएको उल्लेख छ।

हलेसी बचतविरुद्ध १ सय ५० भन्दा बढीले इटहरी उपमहानगरपालिकामा उजुरी दिएका छन्।

दुवै सहकारीका सञ्चालकको खोजी कार्य भइरहेको डीएसपी टेकबहादुर कार्कीले बताए ।