बलिउड अभिनेता कार्तिक आर्यनको एक महिला फ्यानले उनलाई भेटेर सेल्फी खिच्ने आशमा ८२ लाख रुपैयाँ खर्च गरेकी छन्। तर, उनले त्यतिका पैसा खर्च गरे पनि आर्यनलाई भने भेट्न सकिनन्।
यो घटना मुम्बई प्रहरीमा उजुरी परेपछि सार्वजनिक भएको हो। मुम्बईमा कार्तिककी एक महिला फ्यान छिन्, जसले उनीसँग भेट्नका लागि झण्डै ८२ लाख रुपैयाँ खर्च गरिन् तर, कार्तिकलाई भेटाइदिन्छु भनेर पैसा असुल्ने व्यक्ति ठग निस्किए।
हालैमात्र अम्बोली पुलिसले ती ठगलाई पक्रिए, जसले बलिउड स्टारलाई भेटाइदिने प्रलोभनमा उनीहरुका फ्यानबाट ठूलाे रकम लिएर फरार हुन्थे। ती व्यक्तिले बलिउडका स्टारसँग आफ्नो गहिरो सम्बन्ध रहेको दाबी गर्दै ठूलाे रकम असुल्ने गरेको प्रहरीले जनाएको छ।