काठमाडौं, जेठ २५
तनावले मानसिक स्वास्थ्यसँगै शारीरिक स्वास्थ्यमा पनि निकै असर गर्छ। समयमा तनाव व्यस्थापन नगर्नाले हाम्रा दैनिक जीवनमा धेरै असहजता आउन सक्छ।
चिन्ता लिनु नपर्ने कुरामा पनि कहिलेकाहीँ चिन्ता लिइरहन्छन् । यसले अनावश्यक चिन्ता तथा डर उत्पन्न गर्छ । जसले गर्दा शरीरमा तनाव उत्पन्न हुन जान्छ । पछि गएर यसले शरीरको विभिन्न प्रणालीहरु र मनस्थिति समेतमा हानि पुर्याउँदछ ।
तनाव व्यवस्थापनका उपाय
श्वासप्रश्वासको अभ्यास गर्नुहोस्ः आफूलाई सीधा राख्नुहोस्, आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने तथा छोड्ने गर्नुहोस्। यसो गर्दा आराम मिल्छ, शरीर र मन शान्त हुन्छ, र तनाव कम भएर जान्छ ।
नियमित योग वा ध्यान गर्नुहोस्ः योग वा ध्यानले पनि मन शान्त हुन्छ र तनावको स्तरमा मद्दत पुग्दछ ।
अण्डा, एभोकाडो, र ओखर खानेकुराहरूः यसले तनावको स्तरमा सहयोग पुग्दछ र ऊर्जा सन्तुलनमा मद्दत पुग्दछ ।
फुर्सदको समय निकाल्नुहोस्ः जब तपाइं राम्रो महसुस गर्नुहुन्छ, राम्रो काम गर्नुहुनेछ। तपाइंको तालिकामा फुर्सदको लागि समय निर्माण गर्नाले राम्रो महसुस गर्न मद्दत पुग्न सक्छ ।
आफुले विश्वास गर्ने व्यक्तिसँग कुराकानी गर्नुहोस्ः कहिलेकाहीं आफुले विश्वास गर्ने व्यक्तिसँग र अन्य व्यक्तिसँग कुराकानी गर्नाले पनि अलिक सजिलो महशुस गर्न सक्नुहुन्छ ।
राम्रो कुराको लागि प्रयास राख्नुहोस्ः हरेक रात सुत्नुअघि दिनभरिका गतिविधिहरू मध्ये तपाईंलाई खुसी दिएको कुराको बारेमा सोच्ने