neapl investment mega bank
  • गृहपृष्ठ
  • सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

Jun 7th, 2024

काठमाडौं । सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ ।

सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् ।

सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ ।

समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने कार्यादेश पाएको छ ।