neapl investment mega bank
  • गृहपृष्ठ
  • बागमती प्रदेश: ६० अर्ब हाराहारीको बजेट ल्याउने तयारी

बागमती प्रदेश: ६० अर्ब हाराहारीको बजेट ल्याउने तयारी

Jun 7th, 2024

काठमाडौं, जेठ २५

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको छ । ठोस रूपमा बजेट कति अङ्कको आउँछ भन्नुभन्दा पनि चालु आर्थिक वर्षको अनुपातमा बजेट ल्याउने काम भइरहेको उनले बताए ।

प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाइ छ । ।