neapl investment mega bank
  • गृहपृष्ठ
  • बजेट वक्तव्य घोषणामा सीमित हुने गरेका छन्  : सांसद दीपक गिरी

बजेट वक्तव्य घोषणामा सीमित हुने गरेका छन्  : सांसद दीपक गिरी

Jun 5th, 2024

काठमाडौं, जेठ २३

नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेटमा घोषणा गरिएका कुराहरु कार्यान्वयनमा नआउने गुनासो गरेका छन्।

आर्थिक वर्ष २०८१-८२ का लागि प्रस्तुत बजेट माथि छलफलमा बोल्दै सांसद गिरीले कृषि मल कारखाना बनाउने कुरा यस अघिका बजेटहरुमा पर्ने गरेको थियो तर कारखाना कहिल्यै बनेन।  ७०० ओटा पुल निर्माण गर्ने घोषणा गरिएको थियो।  तर ती पुल कता गए ? सरकारले कार्यान्वयन भयो कि भएन भनेर पनि जानकारी दिनु पर्छ, साम्सद गिरीले भने।

सातै प्रदेशमा वृद्धाश्रम निर्माण गरिने छ भनेर यो बजेटमा लेखिएको छ तर निर्माण हुन्छ कि हुदैन?  दाङ्गको टरीगाउँमा विमानस्थल  निर्माण गर्न आवश्यक व्यवस्था गर्छु भनेर भनिएको छ त्यस अनुसार बजेट आउछ आउदैन हामी हेरी रहेका छौं।  दाङ्गमा थारु जातिको संस्कृति र सम्पदा संरक्षण गर्न परियोजना  ल्याउन पनि उनले आग्रह गरे।  

उनले  सन् १५७२ मा द नेदरल्यांड्स र त्यसको १०० वर्ष भन्दा पछि सन् १६८९ मा इंगल्याण्डको संसदमा बजेट प्रस्तुत गरिएको बताए।    उनले   राणाशासनको  अन्त्य भएपछि २००८ माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो  बजेट प्रस्तुत गरेको र  बजेटको मुख्य  लक्ष्य ‘समृद्धि ल्याउने र असमानता हटाउने’ रहेको बताए।  

उनले त्यस पछिका अर्थ मंत्रीहरुले प्रस्तुत गरेर बजेटहरु भाषणमै सीमित रहने गरेको पनि बताए।