neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरी नगरपालिकाका मेयर र उपमेयर सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा(विज्ञप्तिसहित)

गोदावरी नगरपालिकाका मेयर र उपमेयर सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा(विज्ञप्तिसहित)

Jun 3rd, 2024

ललितपुर, जेठ २१

ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ ।

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् ।