neapl investment mega bank
  • गृहपृष्ठ
  • कान्तिपुर सहकारीमा अर्बौं रकम अपचलन, अध्यक्ष पक्राउ

कान्तिपुर सहकारीमा अर्बौं रकम अपचलन, अध्यक्ष पक्राउ

May 31st, 2024

काठमाडौं, जेठ १८

काठमाडौंको बानेश्वर केन्द्रिय कार्यालय खडा गरेर कारोबार गर्दै आएको कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् ।

लामो समयदेखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारीका सदस्यहरु मर्कामा छन् । गत फागुन ४ गते सहकारी समस्याग्रस्त घोषणा गरेपछि हाल कारोबार बन्द रहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा नजिकबाट पक्राउ गरेको छ ।
उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका समेत अध्यक्ष उनीमाथि कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।